अरुण कुमार यादव/राजविराज/श्रावण २८ गते।अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा अपाङ बौना दासको शौचालयसहित घर निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

सप्तरीको तिलाठी कोइलाडी वडा नं. ८ मा सप्तरी युथ नेपाल,सबल नेपाल ,तिलाठी कोइलाडी गाउँपालिकाको सहयोगमा तोपा बजार युथले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य,तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिँह र तोपा बजार युथ नेपालका संयोजक कौशल कुमार यादवले संयुक्तरुपमा घर बनाउने भवनको शिलान्यास गरेका छन ।
अपाङ दासको घर निार्मण गर्नको लागि करिब रु ३ लाख सम्म खर्च लाग्ने जनाइएको छ ।सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा युथ नेपालका सचिव आयुष श्रेष्ठ,कोषाध्यक्ष बिष्णु यादव,सदस्य निरन्जन यादव र अनबर अली र वडा अध्यक्ष लक्षमी मंडल लगायत स्थानिय भरभलाआदमी सहितका उपस्थित रहेको थियो ।
तोपा बजार सप्तरीमा बस्ने ३७ वर्षका बौना दास २.५ फिटको रहेका छन । उनी हिडन डुलन तथा आफनो दैनिकी कार्य गर्न अत्यन्तै समस्या हुने गरेको स्थानियबासीको भनाई छ ।
सम्पत्तिको नाममा १ कठा घर बास जग्गा रहेको दासको लागि अपाङ मैत्री कोठा घर निर्माण गर्न लागिएको सप्तरी युथ नेपालले जानएको छ ।
यसैबिच बौना दासको अपाङमैत्री घर बनाउन सहयोगका लागि तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले एक लाख रुपैया गाउँपालिकाको तर्फ बाट सहगोग गरेका छन । साथै युथ नेपाल तोपाले उनको घर बनाउनका लागि सहयोग गर्न आग्रह समेत गरेका छन ।















Discussion about this post