अरुण कुमार यादव /राजविराज/श्रावण २८ गते। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा आज साँझ मोटरसाइकल बोकेको ट्रक पल्टिँदा लाखौको क्षति भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बजाज कम्पनीको मोटरसाइकल बोकेको ना.२क २०८ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पल्टीएका ट्रकमा बजाज कम्पनीको पल्सर २२० सिसिको ४० वटा मोटरसाइकल रहेको जनाएको छ । तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडक किनारको खाल्डामा पल्टिएको ईलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
ट्रक चालक र सह–चालकलाई सामान्य चोटपटक लागेको र उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको प्रहरी जनाएको छ ।















Discussion about this post