महोत्तरी/श्रावण २८ गते।महोत्तरीको महोत्तरी गाउँपालिका गाउँघरका सबै बाटोहरु हिलाम्य भएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
वर्षामा जीर्ण बाटोहरु हिलाम्य भएर घरबाट निस्किन समेत समस्या भएको भन्दै बिहीबार बिहान स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले गाउँपालिका कार्यालय अगाडी टायर बालेर समेत प्रदर्शन गरेका छन् ।
यथाशीघ्र बाटो सुधार नगरे कडा संघर्ष गर्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।














Discussion about this post