राजविराज/श्रावण २७ गते।भारतीय नागरिकलाई किर्ते गरि नागरिकता दिएको आरोपमा पक्राउ परेका ज्वाई–ससुरा सहित तिन जनालाई आज पुर्वपक्षका लागि कारागार पठाइएको छ ।
सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पुर्ण अनुसन्धान पश्चात सक्कलै मिसिल कागजातहरु पेश गरेका कागजको आधारमा पक्राउ परेका प्रतिवादीहरु मध्ये ३ जना देवन यादव, शिवनन्दन यादव र संजिव कुमार यादवलाई पुर्पक्षको लागी राजविराजस्थित कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले दिएको जनकारी अनुसार राजबिराज नगरपालिका वडा नं.१५ बस्ने देवन यादवले आफ्नो ज्वाई भारतिय नागरिक शिवनन्दन यादवलाई आफ्नो छोरा बनाई नागरिकता दिन लागिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
लिखत सम्बन्धी कसुर मुद्दाको अनुसन्धाको सिलसिलामा जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नं.१५ बस्ने देवन यादव ससुरा र , किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव र भारतिय नागरिक शिवनन्दन यादव ( ज्वाई ) र सुरेश कुमार यादव समेत ४ जनालाई प्रहरीले पक्राउ गरेका थिए ।संजिव कुमार यादव संग मिलेमतो गरी राजबिराज नगरपालिका वडा न.१५ को वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी कागजातहरु तयार गरी नेपाली नागरिकता बनाउन भनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।














Discussion about this post