सिरहा/श्रावण २७ गते।सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा च्यापिएर लेबरको रुपमा काम गर्ने गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको ज्यान गएको हो ।
खोलाबाट बालुवा ल्याउन गएको बेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ ।ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फ रा र रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ । श व पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी भइरहेको जनाएको छ ।

















Discussion about this post