nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा मुख्य सडकमै आहाल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २६, २०७८, ७:३४ मध्यान्ह
महोत्तरीमा मुख्य सडकमै आहाल

जलेश्वर ।महोत्तरीमा मुख्य राजमार्ग र सडकनै आहाल (पानी जमेका ठूलठूला खाल्डा) बनेका छन् । पूर्व–पश्चिम राजमार्गको पूर्वमा रातु पुलदेखि पश्चिममा बाँके नदीसम्मको महोत्तरीमा पर्ने १७ किलोमिटर दूरीमा नियमित मर्मतसम्भार नपाएर ठूलाठूला खाल्डा बनेका हुन् ।

खाल्डामा बर्खाको पानी जमेपछि गहि¥याइ थाहा नहुँदा सडक दुर्घटनाको जोखिम निकै बढेको छ । राजमार्गको अतिव्यस्त बर्दिबास नगरक्षेत्रको रातु पुलदेखि भप्सीपुलसम्मको करिब दुई किलोमिटर दूरीको सडक भत्केर बनेका आहालले यातायात साधन मात्र नभएर सडकमा हिँड्ने पैदलयात्रु पनि सकसमा पर्ने गरेका छन् ।

राजमार्गको दुरावस्थाबारे नगरपालिका र सम्वद्ध सडक कार्यालय बेखबर बनेका बर्दिबासबासीको गुनासो छ । प ू र्व – प िश् च म राजमार्ग मात्र नभएर बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक पनि बेहाल अवस्थामा पुगेको छ । यो सडकको बर्दिबासस्थित भोलावसन्तचोकदेखि मसनघट्टासम्मको करिब चार किलोमिटर दूरीभित्र ठूलाठूला आहाल बनेका छन् । मर्मतसम्भार र पुनःनिर्माणको कामका लागि तीन वर्ष पहिलेदेखि ठेक्का स्वीकृत भएको बताइए पनि काम अघि नबढ्दा अब सडक नै छुट्याउन नसकिने बनेको छ ।

“राजमार्ग र जिल्लाका मुख्य सडकमा स्थानीय तहले काम नगर्ने र सडक सम्वद्ध कार्यालय कानमा तेल हालेर बसेपछि यो बेहाल बनेको हो” बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्नुहुन्छ, “कोही थितिमा नचलेपछि के लाग्छ ?” मुख्य राजमार्ग र सडकमा असङ्ख्य खाडल बनेपछि ट्राफिक प्रहरीको हैरानी बढेको छ ।

“हामीले खाडल बनेका ठाउँमा ढुङ्गा र अन्य चिन्ह राखेर दुर्घटना जोखिम घटाउने प्रयत्न गर्दै आएका थियौं”, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास (महोत्तरी) का प्रमुख तथा प्रहरी निरीक्षक राजुप्रसाद ढकाल भन्नुहुन्छ, “अब खाल्डा धेरै बढेका छन् , कहाँकहाँ चिन्ह राख्ने ?” ट्रफिक प्रहरीले खाल्डा वरिपरी चिन्हका लागि राखेका ढुङ्गा पनि पानीले छोपिँदा झन् बढी दुर्घटना जोखिम बढेको सर्वसाधारण बताउछन् ।

पूर्व–पश्चिम राजमार्ग र जिल्लाका मुख्य सडकको मर्मतसम्भार र पुनःनिर्माणकार्य सम्वद्ध सडक डिभिजन कार्यालय जनकपुरधाम र हुलाकी सडक कार्यालयबाट हुने हुँदा स्थानीय तहले आफ्ना योजनामा समावेश नगरेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ ।

“हामीले यस्ता सडकमा योजना छान्ने र रकम विनियोजन गर्ने गरेका छैनौं, यो सडक डिभिजन कार्यालय र हुलाकी सडक कार्यालयको काम हो”, कार्की भन्नुहुन्छ, “जनसरोकारका यी कामबारे सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छौं, चाँडै काम थालिने विश्वास पाइएको छ ।” पछिल्लो पटक सडक डिभिजन कार्यालय जनकपुरधामले पूर्व– पश्चिम राजमार्गका ठूलाठूला खाल्डा पूर्ने काम थालिएको जनाएको छ ।

राजमार्गका खाल्डा पुर्न उपकरणसहित जनशक्ति कार्यस्थल पुगेको कार्यालय प्रमुख सञ्जय मिश्रले बताउनुभयो । “राजमार्गका खाल्डा पुर्न त हामीले काम थाल्यौं, तर बर्दिबास नगरक्षेत्रमा ढल (नाला) व्यवस्थापन नगरिँदासम्म यो स्थायी समाधान भने हुन्न”, डिभिजन प्रमुख मिश्र भन्नुहुन्छ, “सडक पुनःनिर्माण, मर्मतसम्भारसँगै ढल व्यवस्थापन गर्नसके मात्र काम टिकाउ हुनसक्छ ।” नगरपालिकाका जनप्रतिनिधि र सडकसम्वद्ध कार्यालयका प्रतिनिधिले एकअर्कोलाई देखाएर आपूm ‘ओभानो’ देखिन खोज्ने गरेका यस भेगका वुद्धिजीवी बताउँछन् ।

“हिउँदभरी के गरेर बस्छन् कुन्नी ?”बर्दिबास–१ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता शङ्कर फुयाँल आक्रोश पोख्दै भन्नुहुन्छ, “बर्खा लागेपछि जेसिभी पठाएर काम देखाउन खोज्छन् ।” बर्खाबीच राजमार्गका खाल्डा पूर्न अहिले आएका सडक कार्यालयका उपकरणले अहिले झन बढी हिलो बढाएको फुयाँलको भनाइ छ । पछिल्ला एक वर्ष कोभिड–१९ महाव्याधिले नियमित मर्मतसम्भारको काम गर्न नसकिएको सडक सम्वद्ध कार्यालयका प्राविधिक पनि स्वीकार गर्छन् । सडक मर्मत,सम्भार र पुनःनिर्माणका काम असोजदेखि वैशाखसम्म गरिए दिगो र बढी गुणस्तरयुक्त हुने सर्वसाधारणको भनाइ छ ।

“अहिले मध्य बर्खामा जेसिभी (उपकरण) चलाइएको छ, खाल्डा त पुरिएलान, तर हिलो झन बढ्यो”, बर्दिबासको भोलावसन्तचोकका पान पसल सञ्चालक श्याम महतो भन्नुहुन्छ, “अहिलेको काम त ‘ जब प¥यो राति, अनि बुढी ताती’ उखानजस्तै पो भयो ।” यसैबीच सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख मिश्रले अहिले मर्मत, सम्भार र पुनःनिर्माण नभइ खाल्डा मात्र पुर्न लागिएको स्पष्ट पार्नुभयो । सडकका मुख्य काम बर्खापछि नै थालिने उहाँको भनाइ छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!