nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : प्रेम विवाह गरेकी ज्योतिले श्रीमान भागेपछि रोजिन् आ त्म ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २६, २०७८, १२:२१ मध्यान्ह
सप्तरी : प्रेम विवाह गरेकी ज्योतिले श्रीमान भागेपछि रोजिन् आ त्म ह त्या

शैलेन्द्र महतो/श्रावण २६ गते।सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो। दलित समुदायकी छोरी ज्योति र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गयो। 

घरपरिवारमा कसैलाई थाह थिएन। दुवैले सँगै मर्ने बाँच्ने कसम खाए। तर उनीहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन्। आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतिलाई भगाएर बिहे गर्ने योजना बुने।

फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उनको समुदायलाई जानकारी गराए। ज्योतिलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरे। ज्योतिकाे परिवारजनलाई जानकारी दिएर दुवै जना घरबाट हिँडे। 

कृष्ण र ज्योति भागेर तीन महिनासम्म अज्ञातबास जस्तै बसे। कृष्णले आफ्नो फेसबुकमा ज्योतिसँगको तस्बीर बेला बेलामा पोस्टिने गरेका थिए। तर आफू बसेको ठाउँको जानकारी कसैलाई दिएनन्। ज्योतिले घरपरिवारलाई भागेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन्।

केही समयपछि ज्योतिले पनि माइतमा फोन गर्न छाडिन्।भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरिन्।

ज्योतिले दुःखी स्वरमा आमालाई भनिन्, ‘मलाई कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता छन्। मेरो मोबाइल पनि लगेछन्। पैसाको अभावले खान पाइरहेकी छैन। लजवालाले पैसा तिरेर निस्किन दबाब दिइरहेका छन्। म बिचल्लीमा छु। ठूलो समस्यामा छु।’ 

बुबा प्रमोदले गाउँ समाजमा छोरीले फोन गरेको जानकारी गराए। समाजका केही अगुवासहित भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा पुगे। त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लगे। 

झण्डै दुई महिनादेखि आमाबुबासँग घरमै बस्दै आएकी ज्योति कृष्णसँग कुनै सम्पर्क नहुँदा तनावमा थिइन्।

शनिबार बिहान उनी खाना पकाइरहेकी थिइन्। घरमा कोही थिएनन्। आमाबुबा घरभन्दा केही पर गाउँमै सानो चियानास्ताको पसल थापेका छन्। प्रमोद र इनर नास्ता पसलकै केही सामान किन्न करमाहा भन्ने ठाउँमा पुगेका थिए।

जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भनिन्। घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको होसहवास उड्यो। करिब ८ बजे भान्छा कोठामा सलले पासो लागेको अवस्थामा ज्योतिको श व फेला पर्यो।  

परिवारजनले छोरी ज्योति डि प्रे स न को कारण आ त्म ह त्या गरेकी बताएका छन्।

‘कृष्ण बेपत्ता भएदेखि कहिल्यै फोन सम्पर्क थिएन। कृष्णले धोका दिएको भन्दै ज्योति केही दिनदेखि डि प्रे स नमा थिइन्। राति मेरी जेठी छोरी आरतीसँगै सुत्थिन्’, बुबा प्रमोदले भने ‘त्यो दिन हामी बुढाबुढी समान किन्न बाहिर गयौं। जेठी छोरी आरती पसलमा थिइन्। ज्योती घरमा खाना पकाउँदै थिइन्। एकछिनमा घर आउँदा छोरी झु ण्डि स केकी रहिछन्।’

कृष्णलाई भगाउनमा उनको घरपरिवार र समाजको संलग्नता रहेको ज्योतिको घरपरिवारको भनाइ छ। ज्योती तल्लो जातकै छोरी रहेकाले कृष्णलाई उनका बुबा अखिलेश मिश्र लगायत घरपरिवारले छाडेर भाग्न सल्लाह दिएको प्रमोदले बताए। 

कृष्णले ज्योतिलाई भगाएपछि सिँदुर लगाएको सँगैको तस्बीर बेलाबेला फेसबुकमा पोस्टिने गरेका थिए। त्यो तस्बीर देखेर उच्च ब्राह्मण जातका ज्वाइँ पाएकोमा दलित समुदायका ज्योतीको परिवार खुसी नै थियो। तर कृष्णको परिवारले तल्लो जातको छोरीलाई बुहारी बनाएकोमा असहज महसुस गर्दै आएको दलित समुदायको तर्क छ। 

ज्योति बिचल्लीमा परेर परिवारको सम्पर्कमा पुगेपछि आफूलाई मिर्चैयामा कृष्णले डेरा लिएर राखेको जानकारी गराएकी थिइन्। लजमा छाडेर जाने बेला जेठ ३० गते बिहान कृष्णले ज्योतिलाई भनेका थिए ‘लजमा महंगो भाडा छ। कमाउनु पर्छ। अब यही ठाउँमा कोठा खोजेर बसौँ। म कोठा खोज्न जाँदै छु। तिमी बस्दै गर’ बुबा प्रमोदले सुनाए। 

यति भनेर ज्योतिको मोबाइल पनि लिएर निस्केका कृष्ण अहिलेसम्म सम्पर्कविहीन नै छन्। कृष्णका घरपरिवारले भने आफूहरुलाई छोराको विषयका केही जानकारी नभएको बताउने गरेका छन्। 

घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन्। ज्योतिलाई प्रेममा पारेर चार महिना यौ न शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले  
आ त्म ह त्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ।

सोमबार दलित अगुवासहित ज्योतिको परिवारजन दोषीलाई कारबाहीको माग गर्दै कररबोना इलाका प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले कृष्णमाथि मात्र  ‘आ त्म ह त्या दु रु त्सा हन मुद्दा’ चलाउन सक्ने र परिवारजनलाई केही गर्न नसक्ने बताएको ज्योतीका बुबा प्रमोदले बताए।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका डीएसपी माधव प्रसाद काफ्लेले पीडित परिवारको जाहेरी आएपछि घटनाको अनुसन्धानको तथ्यसहित कारबाही प्रक्रिया अघि बढाउने बताए।

ज्योतिको श व पोस्ट मार्टम पछि शनिबार नै परिवारले अन्त्येष्टि गरेका छन्।                         

नेपालखवर अनलाईनबाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!