nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : डाक्टर बन्न दलित परिवारका दाजुबहिनीले एकैपटक निकाले एमबीबीएस छात्रवृत्तिमा नाम

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०७८, ११:०० मध्यान्ह
प्रदेश २ : डाक्टर बन्न दलित परिवारका दाजुबहिनीले एकैपटक निकाले एमबीबीएस छात्रवृत्तिमा नाम

अजय अनुरागी/काठमाडौं/श्रावण २२ गते।तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् ।

जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।

अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।

दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन् ।

अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन् ।

अभयले पहिलोपटक जाँच दिँदा पनि दलित कोटामा नाम निस्किएको थियो तर त्यति बेला बिन समुदायलाई पनि दलित कोटामा राखिएको हुनाले उनको नाम पर्न नसकेको अभयका बुवा जीतेन्द्र पासवान बताउँछन् । तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए।

‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो,’ जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।’

‘दिनरात पढेर नाम निकाल्यौं’

अभय र कृतिकाले दिनरात नभनी पढेर सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताएका छन् ।

अभयले गत वर्ष एक इन्स्टिच्युटमा पढेर परीक्षाको तयारी गरेका थिए भने कृतिकाले घरमै अध्ययन गरेर नाम निकाल्न सफल भएकी हुन् ।

‘दाइले यसअघि कोचिङमा पढ्नुभएको ज्ञान र उहाँको मार्गदर्शन अनुसार हामी दुवै जनाले एक आपसमा शेयर गरेर तयारी गरेका थियौं,’ कृतिकाले लोकान्तरसँग भनिन्, ‘मैले नबुझेको कुरा दाइलाई सोध्थें । उहाँले नै मलाई सबै कुरा बताइदिनुहुन्थ्यो।’

अभयले भने कोचिङको ज्ञानबाहेक भारतीय लेखकका थुप्रै पुस्तक पढ्नुका साथै एमबीबीएस तयारीका सामग्रीहरू पढेको बताए ।

‘म प्रायजसो रातमा पढ्ने गर्थें भने मेरो बहिनी बिहानदेखि दिनभर पढ्ने गर्थिन्,’ अभयले भने, ‘कुल मिलाएर हामी दुवैजना दाजुबहिनीले प्रत्येक दिन १६ देखि १८ घण्टा न्युनतम पढ्ने गरेका थियौं ।’

छोराछोरीले नाम निकाल्न सक्नुमा आमाको योगदान

जीतेन्द्र पासवान महोत्तरीमा गैरसरकारी संस्था चलाउनुका साथै राजनीतिमा पनि सक्रिय थिए ।

नेकपा एमालेको महोत्तरी जिल्ला कमिटी सदस्य समेत रहेका उनले पछिल्लोपटक महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए ।

अहिले उनलाई नेपाल सरकारले राजनीतिक नियुक्ति समेत दिएको छ । समाज कल्याण परिषदसँग आबद्ध रहेको सामाजिक उद्यमशीलता विकास कोषको बोर्ड मेम्बर छन्, उनी ।

छोरा र छोरी दुवैजनाले एकैपटक नाम निकालेकोमा गाउँका सबै मानिसले बिहानैदेखि उनलाई फोन गरेर बधाई दिइरहेका छन्।

‘देशका विभिन्न भूभागबाट दलित समुदायका अगुवाले फोन गरेर बधाई दिइरहनुभएको छ,’ बुबा जीतेन्द्रले लोकान्तरसँग भने, ‘हाम्रो क्षेत्रका पूर्व सांसद रामदयाल मण्डलदेखि गाउँका सबै मानिसले फोन गरेर बधाई दिनु भएको छ । दलित समुदायकै लागि ठूलो गौरवको कुरा रहेको भन्दै बधाई दिरहनुभएको छ।’

छोरा र छोरी दुवै जना सफल हुनुमा आफ्नो भन्दा श्रीमती ममता देवी पासवानको ठूलो योगदान रहेको जीतेन्द्रले बताए।

‘मैले त राजनीतिमा पनि अलि समय दिनुपर्ने हुन्छ, तर मेरो श्रीमतीले दृढ संकल्प राखेर आफ्नो छोराछोरीलाई पढाउन पूरा समय दिइन्,’ जीतेन्द्रले भने, ‘मेरो श्रीमती पनि इन्टर पास हुन् । उनलाई जागिरको पनि अवसर आएको थियो तर म जागिर गर्दिनँ, छोराछोरीलाई पढाउँछु भनेर उनले तपस्या नै गरेकी थिइन् ।’

प्लस टू अध्ययनका लागि छोराछोरीलाई आफूसँगै काठमाडौं लिएर आएकी ममताले खाना पकाउने, कपडा धोइदिने सबै काम आफैं गरेर पढ्ने उचित वातावरण मिलाइदिने गरेकी थिइन् ।

‘कहिलेकाहीँ पढ्दापढ्दै हामी फ्रस्टेट पनि हुन्थ्यौं ।  त्यस्तो हुँदा उहाँले मोटिभेट गर्नुहुन्थ्यो,’ आमाबारे अभयले भने, ‘एन्जाइटी हुँदा समेत केही छैन, नाम निस्किन्छ भनेर हमेसा हौसला प्रदान गर्नुभयो ।’

अब अभय आईओएम महाराजगञ्जमा नै पढ्ने सोच बनाएका छन् भने कृतिका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययन गर्ने सोचमा छिन् ।

साभारः-लोकान्तर डटकम

Tags: शिक्षा

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि