महोत्तरी/श्रावण २२ गते । महोत्तरी प्रहरीले लु ट पा ट को झुठो उजुरी दिएको आरोपमा दुई जनालाई प क्रा उ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई प्रहरीले प क्रा उ गरेको हो ।
मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ बाट उक्त रकम लु ट पा ट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए । उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए ।
मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प्रहरी कार्यालय गौशालामा उपस्थित गराएको थियो । अनुसन्धान गर्दा मोमिनले मामा घरबाट रुपैयाँ लिएर आएको नदेखिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिनु भयो ।
आफ्नो गाउँघरको झै–झ ग डा को रिसिइबीका कारण झुठो उजुरी गरी फसाउने नियत देखिएकाले मामा–भान्जालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post