जनकपुरधाम,श्रावण २० गते।महोत्तरीमा बोलेरो पिकअपमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने २३ वर्षीय धिर बस्नेतको ज्यान गएका छन् ।
मंगलबार बिहान करिब साढे ९ बजेको समयमा बर्दिबासबाट सर्लाही तर्फ जादै गरेको बा.१८ च.३६८५ न. सुमो गाडीलाई सोही दिशा तर्फ जादै गरेको बा. ९२ प. ३२०६ नं. को मोटरसाईकलले पछाडी बाट सुमो गाडीमा ठक्कर दिंदा दिएको थियो ।
ठक्करबाट मोटरसाईकल र चालक उछिट्टीएर सर्लाहीबाट बर्दिबास तर्फ आउदै गरेको प्रदेश १-०४-००१ च. ०२७९ नं. को बलेरो पिकअपमा ठक्कर खादा मोटरसाइकल चालक बस्नेत ग-म्भीर घाइते भएका थिए ।
उनको शुभ-स्वस्तिक अस्पताल बर्दिबास अस्पतालमा उपचारको क्रममा ज्यान गएको र श व पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मोटरसाइकल, सुमो र बलेरो चालकहरु सहित प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।














Discussion about this post