साउन ११ गते।कोरोना महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल आगामी सेप्टेम्बर १९ देखि हुने भएको छ ।
युएईस्थित दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने पहिलो खेलमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्ग्ले साविक विजेता मुम्बई इन्डियन्सको सामना गर्नेछ । चेन्नई सुपर किङ्ग्सले सात खेलमध्ये पाँचमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ । मुम्बई र चेन्नईपछिको खेल बैंग्लौर र कलकत्ताबीच अबुधाबीमा हुनेछ ।
नयाँ तालिकाबमोजिम दुबईले क्वालिफायर एक र फाइनलसहित १३ खेल आयोजना गर्नेछ । शारजाहमा १० खेल आयोजना हुनेछ भने अबुधाबीमा आठ खेल आयोजना हुने बताइएको छ । आइपिएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।
गत मे महिनामा भारतमा प्रिमियर लिग भइरहँदा खेलाडी तथा खेल अधिकारी सङ्क्रमित हुन थालेपछि बीचमै अवरुद्ध हुन पुगेको थियो ।













Discussion about this post