काठमाडौ/साउन ५ गते।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।
भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।
परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।
हेर्नुहोस परिक्षाको रुटिन

परीक्षा सय पूर्णांककै
माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।
बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।














Discussion about this post