सप्तरी/साउन ४ गते।सप्तरीको रुपनी गाउँपालिका वडा न. ४ मा एक व्यक्तिको देबता घरमा नाग सर्प निस्केपछि देबता हाे भन्दै पूजापाठ सुरु भएको छ ।
आज विहान स्थानीय श्याम मडरको घरमा नाग देवता दर्शन दिएको हो । सर्पलाई बाहिर निकालेर घर अगाडी रहेको शिव मन्दिरमा राखिएको छ । अहिले त्यहाँ ठूलो भीड लागेको स्थानीयले जनाएको छ । यता सर्पको उद्धार गर्ने प्रयास भइरहेको छ । गर्मीमा सर्प बाहिर निस्किने गर्छ । तर आज पहिलो सोमबारी भएकाले भगवान शिवको रुपमा नाग दर्शन दिएको स्थानीय बताउँछन् ।















Discussion about this post