महोत्तरी/असार ३० गते। महोत्तरीको प्रकौली स्थित रणभिमगण (सैनिक) नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आफैले आर्फैलाई गोली हानि आत्महत्या गरेको छ ।नेपाली सेनाको ब्यारेकमा कार्यरत रामेछापको लिखु गाउँपालिका ५ घर रहेको २३ वर्षीय अमिर तामाङ्गले आफैँले आफूलाई गोली हानेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार बिहान पौने ६ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका ९ स्थित रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत्त २३ वर्षीय सैनिक जवान अमिर तामाङले आफैले बोकेको ५.५ मिनि ईन्सास हतियारले आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका हुन् ।तामाङ्गले आफैलाई किन गोली हानेको बारे खुल्न सकेको छैन । अहिले घटना स्थलमा प्रहरी टोली पुगि प्रकृति मुचुल्का उठाई रहेको जिप्रका महोत्तरीका डिएसपी प्रकाश विष्टले जनाएको छ । उनले घटनाको बारेमा थप अनुसन्धान थालिएको बताए।














Discussion about this post