nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीका सुजिताको ज्यान आफ्नै देवरले लिएको खुलास,४ जना पक्राउ पति थुनामुक्त

सजिलो पोस्ट सजिलो पोस्ट
असार २९, २०७८, ११:०२ मध्यान्ह
महोत्तरीका सुजिताको ज्यान आफ्नै देवरले लिएको खुलास,४ जना पक्राउ पति थुनामुक्त

महोत्तरी,असार २९ गते।सुजिता ठाकुरको हत्या प्रकरणमा महोत्तरी प्रहरीले ४ जना आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जलेश्वरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहारपट्टी–७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हत्यामा मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरको संलग्नता नदेखिएको बताए । पक्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्ने कार्यमा सहयोग पुर्याएको उनको भनाइ छ ।

अझै पनि अनुसन्धान जारी रहेको भन्दै उनले छिट्टै यस घटना सम्बन्धमा विस्तृत जानकारी गराइने बताए । उनले भने, ‘सुजिताको हत्या काण्डमा अहिलेसम्मको अनुसन्धानले देखाएको तथ्यबारे हामीले केही जानकारी गरायौं, एक साताभित्र धेरै रहस्य खुल्ने विश्वास लिएको छु ।’

महोत्तरी जिल्ला भमरपुरा घर भएकी सुजिता ठाकुरको जेठ २० गते हत्या भएको थियो । सुजिताको हत्याको आरोपमा माइती पक्षले सासु, ससुरा, पति र देवरानी रोमामाथि समेत किटानी जाहेरी दिएका थिए । हत्यामा पतिको संलग्नता नरहेको भन्दै प्रहरीले उनलाई थुनामुक्त गरेको छ ।

यसरी गरिएको थियो सुजिताको हत्या

गत जेठ २० गते विहान करिब ८-९ बजेको बीचमा देवर रुपेश ठाकुरले सुजिता देवी ठाकुरको कोठा भित्र प्रवेश गरी घिच्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताईएको छ ।
हत्या गरी दिनभरी शवलाई सुजिता कै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको र सोही दिन सांझ निजको ससुरा पतिराम ठाकुरको घर देखि करीव १ कि.मी.दक्षिणमा रहेको खेतमा खाल्टो खनि रातीको ०८ः३० देखी ०९ः०० बजेको समयमा आफनै ट्याक्टरमा मृतकको शव राखी खेतसम्म पुर्‍याई गाडेर भोली पल्ट जेठ २१ गते शव गाडेको खेतमा खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।
पछि शव गाडेको सम्बन्धमा हल्ला भएपछि उनिहरुले जेठ २० गते राती गाडेको शवलाई जेठ २९ गते मध्यराती पुनः खनेर निकाली पतिराम ठाकुर कै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको निज कै काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फको भागमा रहेको निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाडल खनि शव पुनः गाडी ६ ईन्च मोटो ढलान गरी माथिल्लो भागमा मसला (सपेता) का काठका गोलियाहरू राखी सेफ्टी ट्याङकी बाहिरबाट अरूले नदेखिने गरी ढाकेको थियो ।
जेठ २९ गते शव स्थानान्तरण पश्चात शव गाडिएको पहिलेको स्थानमा (खेतमा) भोलीपल्ट मिति जेठ ३० गते पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

यसरी पत्ता लाग्यो हत्याको रहस्य

जेठ २० गतेका दिन देखी मेरी छोरी तथा महोत्तरी, लोहारपट्टी ७ भमरपुरा गाउँ बस्ने मुकेश ठाकुरको श्रीमती २७ वर्षीया सुजिता देवी ठाकुर आफनै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्ने ब्यहोराको निजको आमा जिल्ला महोत्तरी, पिपरा गाउँपालिका ६ रतौली गाउँ बस्ने ४० बर्षीया सुनिता कुमारी पाण्डेले असार ६ गतेको निवेदन दिए । तर प्रहरीले सुरुमा खासै चासो नदेखाएको पीडित परिवारजनको आरोप रहेको छ।

यसरी लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।

महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्। घर पक्षले सुजिता कोही अर्कै केटासँग भागेको बताउँदै आएका थिए। तर माइत पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए। बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे।

यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाई जितेन्द्र पाण्डेले सामाजिक संजाल मार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो। त्यो भिडियोमा ती बालकले आमाको हत्या काका र हजुरबुवाले गरेको बताएका छन्।

प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाई जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए।

सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए।

अभियन्ता रायले घटनाबारे थप बुझ्न असार ११ गते सुजिताका माइती रतौली गाउँ पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।

त्यसपछि असार १२ गते अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए। यस घटनाबारे ध्यानाकर्षण गराए। अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो। असार १२ गते केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो।

घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै :

घटना जेष्ठ २० गते को हो। बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो। केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।

म जाने तरखर मै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो। पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन्। आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो।

तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान आठ बजे सुजिताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुग्यौं। रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्यौं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताको कपडादेखि सबै समान यथावत थियो। दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे।

दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४-१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो।

सुजिताको दाहसंस्कार : श्रीमानले दिए दागवत्ती

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी हत्या भएको एक महिनापछि शव फेला परेको २७ वर्षीया सुजिता ठाकुरको असार २८ गते राति अन्तिम संस्कार गरिएको छ ।

शव गाडिएको जग्गा मै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिए । उनलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । तर हत्यामा संलग्नता नदेखिएपछि मुकेशलाई थुनामुक्त गरी निजको ससुरा तथा मृतकको बुबा कामेश्वर पाण्डेको जिम्मा लगाईएको छ ।

सुजिताको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार २१ गते दर्ता गरिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’ काे सहयोगमा तयार सामग्री

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!