सिरहा,असार २७ गते । प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित आज बेलुका एक युवकलाई प्रहरीको फन्दामा परेेेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्ग गोलबजार नपा ४ दुर्गामन्दिर नजीकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार औरही गापा २ का सुजित कुमार यादवलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

















Discussion about this post