nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम, निर्देशक लालको नेतृत्वमा १५० जनाको सहभागिता

सजिलो पोस्ट सजिलो पोस्ट
असार २२, २०७८, ८:४३ मध्यान्ह
बीमा समितिले जलेश्वर नगरपालिकाबाट सुरु गर्यो बीमा सचेतना कार्यक्रम, निर्देशक लालको नेतृत्वमा १५० जनाको सहभागिता

काठमाडौं,असार २२ गते।बीमा समितिले जलेश्वर नगरपालिकाबाट बीमा सचेतना कार्यक्रम सुरु गरेको छ । सोमबार बीमा समितिका निर्देशक दिनेश कुमार लालको संयोजकत्वमा स्थानीय निकाय सँग बीमा सम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र थिए भने कार्यक्रमको सभापतित्व समितिका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।  नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा सदश्य सहित ५० जना भन्दा धेरै पदाधिकारीको उपस्थिति थियो । अन्तर्क्रिया कार्यक्रममा स्थानिय निकायमा रहेका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयका प्रमुखहरु, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु सहित सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमको स्वागत मन्तव्य बीमा समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले दिएका थिए ।

बीमा समितिले स्थानीय निकायलाई कृषि बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, जीवन बीमालाई स्थानीय निकायले आफ्नो सेवा सँग जोडेर अगाडि बढ्न अनुरोध गरेको छ । पछडिएका, न्युन आय भएका वर्ग, किसान, महिला, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरु, उद्योगी व्यापारी लगात सबैलाई फाइदा हुने भन्दै समितिले बीमा गर्न सबैलाई अनुरोध पनि गर्यो ।

मेयर मिश्रले जवसम्म बीमा समितिले स्थानिय निकाय सँग समन्वय गर्दैन तवसम्म बीमाको विस्तार हुन नसक्ने धारणा राखेका थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा बीमाको सुविधा प्रवाह गर्ने कुरा समावेश गर्न आफुहरु तयार भएको भन्दै मिश्रले आगामी दिनमा बीमालाई जोड दिने बताए ।

निर्देशक लालले सहभागिलाई बीमा भनेको के हो, बीमाको प्रकार, बीमा सम्बन्धी सरकारले गरेका व्यवस्थाका विषयमा प्रकाश पारेका थिए । त्यस्तै सम्पत्तीको बीमा गर्दा आयमा ५ हजार र जीवन बीमा गर्दा २५ हजार रुपैयाँसम्म छुट हुने र बीमा गर्दा हुने फाइदाका विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए ।

कृषि बीमा गर्दा सरकारले प्रिमियमको ५० प्रतिशत अनुदान दिएको भन्दै लालले कृषि बीमाको लागि उत्प्रेरित गरे । दाबी भुक्तानी गर्दा अपनाउनु पर्ने प्रकृयाँदेखि आवस्यक कागपत्रका विषयमा समेत जानकारी प्रदान गरेका थिए । महोत्तरी जिल्लामै बीमाको पहुँच एकदमै कम रहेको छ । वैदेशिक रोजगारीमा गएका सहित जम्मा ७ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको भन्दै लालले सम्पुर्ण कम्पनीका शाखा प्रमुखहरुलाई कुर्सिमा मात्रै नबसी गाँउ गाँउ गएर बीमा गराउन निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा सहभागिले समिति सँग कृषि बीमाका लागि कम्पनीहरु नै नआएको भन्दै गुनासो पोखेका थिए । कतिपय सहभागिले बीमा गर्न सजिलो भए पनि कम्पनीहरुले दाबी भुक्तानी नगर्ने भन्दै समिति समक्ष गुनासो गरे । सहभागिको गुनासोलाई संवोधन गर्दै लाले कम्पनीहरुले नियम अनुसार दाबी नगरेमा बीमा समितिमा उजुरी गर्न अनुरोध गरे । उनले भने ‘यदि कुनै पनि कम्पनीले दाबी भुक्तानी गरेनन् भने बीमा समिति समक्ष उजुरी पेश गर्नुहोस । समिति सँग जिल्ला अदालत सरह न्याय दिने अधिकार भएकाले तपाईहरु ढुक्क हुनुहोस हामी दाबी दिलाइदिन्छौ ।’

समितिले यस्तो कार्यक्रम अवको वर्षैभरी गर्ने छ । आजबाट सुरु भएको यो कार्यक्रम आगामी एक वर्षमा १०० वटा भन्दा धेरै स्थानीय निकायमा पुग्ने योजना बनाएको छ । कोभिड १९ को जोखिमका विचमा पनि समितिले यो कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक दुरी कायम गरेर यस कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको लाले जानकारी दिए ।

Tags: बिमा/इन्स्योरेन्स

Discussion about this post

Related Posts

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!