nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्,कहाँ छन प्रशासन?

सजिलो पोस्ट सजिलो पोस्ट
असार २२, २०७८, ८:३५ मध्यान्ह
निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्,कहाँ छन प्रशासन?

विनय यादव/सिरहा/असार २२ गते ।सिरहाको लहान नगरपालिका-११ का मनोज साह शनिबार लहानबाट काठमाडौं जानका लागि २५ सय रुपैयाँ भाडा तिरे । जबकि, बन्दाबन्दीअघि उनी ८ सयदेखि ९ सयसम्म भाडा तिरेर काठमाडौं जान्थे । स्वास्थ्य जाँचका लागि बेलाबेला काठमाडौं गइरहने उनी जानैपर्ने बाध्यता रहेकाले चर्को भाडा तिर्नुको विकल्प नरहेको बताउँछन् ।

शनिबारै सिरहाको मिर्चैया बजार आएका उदयपुरको कटारी नगरपालिका ४ का सोमराज श्रेष्ठले आफूले सय रुपैयाँ खर्चिएर यात्रा गर्दै आएको ठाउँमा अहिले तीन सय रुपैयाँ तिर्नुपरेको सुनाए । ‘लकडाउनअघि दुई सय रुपैयाँमा आउँथे जान्थे,’ उनले भने, ‘तर, अहिले एकै खेपको तीन सय रुपैयाँ तिर्नुपरेको छ ।’

मिर्चैया ११ का रामसागर यादव आइतबार मिर्चैयाबाट तीन सय रुपैयाँ तिरेर जनकपुर गए । जबकि, बन्दाबदीअघि गाडीले सय रुपैयाँ भाडा लिने गर्थे । गत शुक्रबार मिर्चैयाबाट लहान जाँदा ७० रुपैयाँ तिर्नुपर्ने ठाउँमा एक सय पचास रुपैयाँ तिरेको उनले बताए । ‘नदिऊँ भने जानै नपाइने,’ उनले भने, ‘यो मनपरी होभन्दा हातपात नै गरदेला जस्तो गर्ने । बाध्यता छ । प्रशासनलाई मतलब नै छैन ।’

यो त केही उदाहरण मात्रै हुन् । कोभिड–१९ को जोखिमका कारण अहिले देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी नै छ । निषेधाज्ञामा सार्वजनिक सवारी साधनमा सञ्चालनमा रोक लगाइएको छ । तर, बन्दाबन्दीको अवस्थामा पनि सवारी पासबिना नै चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएका छन् । 

यात्रुलाई गन्तव्यसम्म पुग्नैपर्ने र गाडी चढ्नैपर्ने बाध्यताको फाइदा उठाएर यातायातका साधन सञ्चालकले जति माग्छन्, यात्रुहरूले पनि त्यत्ति नै भाडा बाध्य भएका छन् । सञ्चालनमा रहेका सवारी साधनले यात्रुसँग तोकिएको भाडादरभन्दा दोब्बर तेब्बरसम्म बढी भाडा असुलिरहेका छन् । त्यति मात्रै होइन, कोरोना संक्रमणको जाखिमलाई न्यून गर्न जारी स्वास्थ्य मापदण्डलाई नै गिज्याउँने गरी यात्रु पनि कोचेर चढाउने गरिएको छ ।

तर, सवारी साधनले यसरी यात्रुमाथि लुट मच्चाइरहँदा र मनपरी गरिरहँदा नियन्त्रणमा कसैको ध्यान भने पुग्न सकेको छैन । चोकचोकमा प्रहरी हुन्छन्, ठाउँठाउँमा ट्राफिक हुन्छन् । तर, प्रहरी प्रशासनले ध्यान नदिएपछि गाडी सञ्चालकले मनपरी भाडा असुली गरिरहेको यात्रुको आरोप छ ।

सवारी साधनले बढी भाडा उठाइरहेकामा यातायात व्यवसायी स्वयं पनि सन्तुष्ट छैनन् । प्रशासनले अरूलाई निर्देशन दिने, तर नियमनचाहिँ नगर्ने गरेकै कारण आँखैअघि यात्रु ठगिएको टुलुटुलु हेर्नुपरेको व्यवसायी बताउँछन् । ‘अहिले कतिपय गाडीले दोब्बर तेब्बरसम्म भाडा लिइरहेका छन्,’ एक यातायात व्यवसायीले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरी–प्रशासनले हेर्दैन, गाडीले मागेपछि यात्रुले दोहोरो बात गर्न सक्दैन । वास्तवमा यात्रु ठगिएकै छन् ।’ प्रशासन यसतर्फ गम्भीर नभएपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले भने बढी भाडा लिने कतिपय सवारी साधनलाई कारबाही गरिए पनि यसमा सुधार नआएको बताएको छ । ‘हामीले यस्ता कतिपय सवारी साधनलाई कारबाही गर्ने गरेका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका प्रहरी नायब निरीक्षक रामकुमार यादवले भने, ‘तर, अझै सुधार देखिँदैन ।’ ट्राफिक प्रहरी राजमार्गमा पनि चेकजाँचमा ध्यान दिँदैन नि भन्ने प्रश्नमा उनले भने, ‘अब कडाइ गर्छौं ।’

निषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आफूले आजै राजमार्गमा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको बताए । सबैतिर प्रहरी परिचालन गरेर चेकजाँचमा कडाइ गरी पासबिनाका गाडी र भाडा बढी असुल्ने गाडी तथा चालकलाई नियन्त्रणमा लिइने उनले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि