शुभ नारायण यादव/ सप्तरी/असार २१ गते।सप्तरीमा लगातार बर्षाका कारणले जिता नदिको बाध भत्किदा सप्तरीको राजविराज नगरपालिका वडा न.१० कदमाहा टाेलका झण्डै २०० घर परिवार डुबानमा परेका छन ।

सप्तरीको महुलि स्थित जिता धारबाट अचानक बाढि अाउदा कदमाहा टाेलमा झण्डै २०० घर डुबानमा परेकाे वडाअध्यक्ष सुशिल दासले जानकारी दिनुभयाे । वडाअध्यक्ष दासका अनुसार अाज बिहान देखि अचानक पानिकाे सतह बढेपछि साे बस्ति पुरे डुबानमा परेकाे जानकारी दिनुभयाे । घर घरमा झण्डै ४/५ फिट सम्म पानी जमेकाे तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्षले जानकारी दिनुभयाे । जिता धार भत्किएपछि गाउँमा बाढि अाएकाे स्थानीय महेन्द्र यादवले बताएका छन । लगातारको बर्षाका कारणले जिता धार भत्किएपछि साे बाढि गाउमा प्रवेश गरेकाे तथा स्थानीयबासिहरु अहिले त्रसित बनेकाे स्थानीयहरुले बताएका छन । यस्तै खाडाे खाेलाका कारणले राजविराज नगरपालिका वडा न.१५ का केही घर डुबानमा परेको स्थानीयहरुले बताएका छन ।

यसैबिच साे भत्किएको जिता धार निर्माणका लागि खटिसकेकाे तथा बाढि पिडितहरुकाे उद्धार तथा राहतका लागि समेत अावश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिनुभयाे । यस्ते लगातारको बर्षाका कारणले जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिकाकाे वडा न.११ ,१२ ,१३ र १४ का झण्डै ५ सय घर समेत डुबानमा परेका छन । जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१३ गाेबरगाढा स्थित काेशि टप्पुका झण्डै ३ सय परिवार डुबानमा परेको वडाअध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयाे । साे काेशि टापुमा बर्सेनि काेशिकाे बाढि अाएपनि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेत माेन रहेकाे अाराेप स्थानीयबासिहरुकाे रहेकाे छ ।
यसैगरी लगातार बर्षाका कारण हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ काे रमपूरा मल्हनिया र डलवा टाेलका झण्डै २ सय घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ । यता सप्तरमा बर्सेनि विभिन्न खाेला तथा नदिबाट बाढि अाएपनि यसलाइ नियन्त्रण गर्नका लागि हाल सम्म सम्बन्धित निकायले कुने चासाे नदेखाएको अाराेप स्थानीयहरुकाे रहेकाे छ ।














Discussion about this post