nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा बर्षाले घर ढले, बस्ती डुबानमा

सजिलो पोस्ट सजिलो पोस्ट
असार २०, २०७८, ३:५७ मध्यान्ह
चार दिनदेखि परेको अविरल वर्षाले महोत्तरीका रातुसहित आधा दर्जन नदीमा बाढी

महोत्तरी(रासस)/असार २० गते।हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गर्ल्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताए । “बर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो बर्खामा कहाँ राख्नु ?” कापरले भने, “धन्न कसैलाई ढलेको घरले मिचेन ।” डुबानमा परेको घर ढल्नसक्ने छनक आपूmले पाएपछि सचेतता अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ । 

बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । “हामी गरीब छौँ, हाम्रो स्वर कसले सुन्ने हजुर १”, बस्तीकै एकल मुस्लिम महिला ऐसा खातुनले भने, “हाम्रो बस्ती शिरानको झिल (सानो ताल) व्यवस्थित नगरी बालु गिट्टी उत्खनन गरिँदा डुबानको समस्या परेको हो ।” जिल्लामा यसपालि गत मङ्गलबारदेखि शनिबारसम्मको अविरल वर्षाले सयौँ पराले झुप्रा लडाएर बिल्लीबाठ बनाएको छ । 

जिल्लामा गहिरा ठाउँका र नदी किनार छेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाशा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी जलेश्वर नगरपालिकाका धवौली, मलिवारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतवारा, एकडारा गाउँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउँछन् ।

यसैगरी जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ ।

जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै कटान र डुबान गराउने नदी हुन् । जङ्घा, मरहा र बाँकेले जिल्लाका पश्चिमवर्ती, रातुले पूर्वी र मध्यवर्ती, ओक्सीले मध्यवर्ती तथा कुटमेश्वरीले दक्षिण पूर्ववर्ती भेगमा उत्पात मच्चाउने गरेका विगतदेखिको अनुभव जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपाली बताउँछन् । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौँ बस्ती बर्सेनि कटान र डुबान गर्दै आएको छ । 
 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!