सप्तरी,असार १५ गते।मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको ज्यान गएको छ।
जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–६ महुली बजार निवासी ३५ वर्षीया जहादा खातुनको सोमबार ज्यान गएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ उनलाई करेन्ट लागेको थियो।















Discussion about this post