जनकपुरधाम,असार १५ गते।धनुषामा गएराती एक पुरुषले आफ्नै गर्भवती श्रीमतिको हत्या गरेको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले दिएको जानकारी अनुसार लक्ष्मीनिया गाउँपालिका एक पुरुषले आफ्नै श्रीमतिको ह-त्या गरेका छन् ।
लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २९ वर्षीय सन्तोष पासवानले आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको ह-त्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतिलाई पहिले देखि नै कुटपिट गर्दै आएको सन्तोषले गएराती ह-त्या गरेको स्थानीयले जनाएको छ ।
मृतक महिलाको ५ वर्षीय छोरा आर्यन पासवानले वुवाले ममिलाई लातले पेटमा हिर्काएको आफ्नो तोते बोलीमा भनिरहेको छ ।
महोत्तरीको वलवा नगरपालिका ५ पुर्वारी टोल माईती रहेको प्रियंका पासवानको ६ वर्ष पहिले सन्तोष संग विवाह भएको वुवा बिनोद पासवानले बताए । उनले भने, ‘मेरी छोरी ५ महिनाकी गर्भवती थिई, यस्तो अवस्थामा पनि कुटपिट गरेर घाँटी थिचेर ह-त्या गरेको प्रियंकाको शरीरमा देखिएको चोटपटक र घाँटीमा देखिएको डामले स्पष्ट हुन्छ ।’
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको बताए । उनले राती नै आरोपी मृतक प्रियंकाको श्रीमान सन्तोष पासवानलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।
स्मरणीय छ आईतवार मात्र महोत्तरीको लोहारपट्टी नगरपालिकाको भ्रमरपुरामा एक महिलालाई श्रीमान्, देवर र ससुरा मिलेर घरमा ह-त्या गरि खेतमा गाडेको अवस्थामा लास फेलाको घटना सार्वजनिक भएको थियो ।
साभार-शिरिष न्युज अनलाईन बाट














Discussion about this post