जनकपुरधाम, असार १४ गते । धनुषामा थप खुकुलो बनाएर एक साता निषेधाज्ञा बढाईएको छ ।जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट पुनः असार २१ गतेसम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
स्थानिय प्रशासनले औषधी उपचार एवं आवश्यक कामका लागि घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग र कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने जनाएको छ । त्यस्तै सरकार तथा अर्धसरकारी निकाय, स्थानीत तह तथा बैँक तथा वित्तिय संस्थाहरुले भिडभाड हुन नदिई स्थास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने भएको छ ।
धनुषा जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दुरीका सार्वजनिक सवारी साधनहरुभने तत्काल संचालन नहुने प्रशासनले जनाएको छ ।
सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिना, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, हाट बजार, मनोरञ्जन स्थल लगायत समुहमा खेलीने खेलकुद सञ्चालन गर्न नपाइने प्रजिअ बास्तोलाले बताए ।विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा २५ जना स्वास्थ्य मापदण्ड अपनाई मनाउन पाउने प्रशासनले जनाएको छ । यस अघि प्रशासनले यस्ता कार्यमा बढीमा १५ जनालाई अनुमति दिएको थियो ।
यस्तो छ आदेश
















Discussion about this post