उमेश कुमार साह/बोदे बर्साईन/असार १४ गते । समग्र जन उत्थान केन्द्र सिरहाद्वारा भीएसओ नेपाल तथा ईन्टरनेश्नल अलर्टको साझेदारीमा संचालित सहज परियोजना कोभिड रेसपोन्स कार्यक्रम अन्तर्गत ईलका प्रहरी कार्यालय बोदे बर्साईन तथा स्वास्थय शाखा बोदे बर्साईनलाई स्वास्थय सामग्ररी प्रदान गरेका छन् ।

कोभिड महामारीलाई मध्ययनजर गर्दै फ्रन्टलाईनमा खटिएका प्रहरी तथा स्वास्थयका कर्मचारीहरुलाई स्वास्थय सुरक्षा सामग्री प्रदान गरेको समग्र जन उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले बताए
।

बोदे बर्साईन नगरपालिका स्वास्थय शाखा द्ववरा संचालित आईसोलेशन सेनटरका लागी २५ वटा आईसोलेशन समाग्री सेफ्टीकीट तथा अन्य सरसफार्इ तथा उपयोगी समाग्रीहर प्राप्त भएको स्वास्थय संयोजक बैधनाथका साहले बताए ।
ईलाका प्रहरी कार्यालय बोदे बर्साईनलाई बीस हजार तीन सय र बोदे बर्साईन नगरपालिकाको स्वास्थय शाखाले संचालन गरेको आईसोलेशन तर्फ १ लाख २३ हजारका स्वास्थय सामग्री ,तथा केही दिन अगाडि ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनलाई ३५ हजारको ह्याण्ड वास स्टेनश एक कार्यक्रमका बिच हस्तानतरण गरेका छन् ।

उक्त स्वास्थय सरसफाई सामग्री हस्तानतरण कार्यक्रम आयोजक संस्था समग्र जन उत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेल , कार्यक्रम अधिकृत रामभरोसी महतो, स्थानिय सहजकर्ता मनोज कुमार यादव , ईलाका प्रहरी कार्यलाई बोदे बर्साईन प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकास महतो , बोदे बर्साईन नगरपालिका स्वास्थय शाखा संयोजक बैजनाथ साह, सह संयोजक अजय नेपाल, स्वास्थय चौकी ईन्चार्ज ऐयुव राईन, पत्रकार उमेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।















Discussion about this post