उमेश कुमार साह/सप्तरी/असार १३ गते।ईलाका प्रशासन कार्यालय बोदे बर्साईनले आइतबारदेखी पुनः सेवा सुचारु गर्ने भएको छ ।
कोरोना संक्रमण दर घटेसँगै कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आलोपालो प्रणालीमा सेवा प्रवाह हुने जनाएको छ ।
संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने ईलाका प्रशासन कार्यलाई बोदे बर्साईनको प्रमुख संजय रामले बताए ।
उनका अनुसार आइतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलबार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिका, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका, शुक्रवार अग्निसाइर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने सूचनामा उल्लेख छ ।
सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।
हेर्नुहोस सूचना
















Discussion about this post