जनकपुरधाम,असार ११ गते । धनुषामा अंश सम्बन्धी घरायसी विवादमा छोराले आफ्नै बुबाको हत्या गरेको छ।जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हुन् ।
राति सुतेका बुबालाई कृष्णले मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।
उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।बुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो ।विशोका तीन छोरा छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।घटनामा संलग्न छोरा कृष्णालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post