nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै महोत्तरीको सम्सी नाका

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७८, ७:४६ मध्यान्ह
लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै महोत्तरीको सम्सी नाका

रञ्जन भण्डारी/महोत्तरी,/जेठ २७ गते ।महोत्तरीको सम्सी नाका लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ ।

सम्सी नाकामा तस्करी नियन्त्रणकै लागि शसस्त्र प्रहरीको बिओपी र प्रहरीको सीमा प्रहरीचौकीमार्फत निरन्तर मालसामानका साथै लागुऔषध र लागुऔषध कारोबारीहरूसमेत पक्राउ पर्दै आएका छन् । तर, निरन्तरको प्रयासका बाबजुद सीमाबाट लागुऔषधको कारोबार अझै घट्न सकेको छैन ।

मंगलबार बिहान मात्रै बिओपी सम्सीले स्कुटरमा सवार दुईजनालाई चेकजाच गर्दा १६ बोतल लागुऔषधको रूपमा प्रयोग हुने एक्सिप्लोन कफ सिरप र डाइलेक्स डिसी कफसिरपसहित  नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले पक्राउ गरेका बर्दिवास २ निवासी सुवास दमाईं र बर्दिवास १४ बस्ने सन्तोष कोइरी महतोलाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको छ । 

चालू आर्थिक वर्षमा बिओपी सम्सीले मात्र चार सय ४७ बोतल लागुऔषधको रुपमा नेपालमा प्रयोग हुँदै आएको कफसिरप र ६८८ पिस नाइट्राभेट लगायतका ट्याबलेटसहित १२ जनालाई पक्राउ गरिसकेको छ  भने उनीहरू सवार एक बोलेरो, पाँच मोटरसाइकल र एक स्कुटरसमेत नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । 

भारतमा सहजै उपलब्ध हुने र प्रतिबन्धसमेत नरहेको यस्ता औषधिहरू  नेपाली युवा जमातले लागुऔषधको रूपमा सेवन गर्ने गरेकाले समेत यसकाे डिमान्ड अत्यधिक रहेको र डिमान्ड नै पूर्ति गर्न लागुऔषध कारोबारसमेत फस्टाएको हो ।

महेन्द्र राजमार्ग र बिपी राजमार्गको मिलनबिन्दु बर्दिवासबाट लक्ष्मीनियाँ सम्सी पुग्ने सरल बाटोको रूपमा रहेको हुलाकी राजमार्गको लक्ष्मीनियाँ सम्सी खण्ड यस्तो कारोबारका लागि अत्यधिक प्रयोग हुँदै आएको छ ।

१५ देखि २५ वर्षका युवाहरू अत्यधिक लागुऔषध तस्करी र कारोबारमा प्रयोग हुँदै आएको र युजरसमेत बढी यसै उमेर समूहको रहेको बताउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले खुला सीमाकै कारण तस्करी नियन्त्रणमा समस्या आउने गरेको बताउँछन् ।

विभिन्न बहानामा भारतीय सीमामा पस्ने र उतैबाट शरीरकै विभिन्न भागमा र सवारीसाधनहरूमा समेत सामान्य चेकजाँचमा फेला नपर्ने गरी लुकाएर लागुऔषध ल्याउने गरेको उनी बताउँछन् । चेकजाँचकै क्रममा विभिन्न सरकारी तथा अन्य नक्कली आइडी कार्डसमेत प्रयोग गरेर सुरक्षाकर्मीलाई झुक्याउन खोज्ने उनले बताए । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार गत साउन १ गतेदेखि हालसम्म दुई सय २७ किलो गाँजा, ११ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन,नाइट्राभेट ट्याबलेट ६ हजार नौ सय ४५ पिस,एक्सिप्लोन लेखेको सय एमएलको सिरप पाँच सय ९९ बोतल,कोडेन फोसफेट एन्ड क्लोरफेनिरमाइन लेखेको सिरप ८९ बोतल, स्पास्मो प्रोक्सिभोन प्लस क्याप्सुल नौ सय ५१ पिस,नाइट्रोसन ट्याबलेट ९१ पिस, स्पास पोक्रनप्लस क्यापसुल ९६ पिस, डाइजेल्याब ३१४ पिस,फेनेग्रान एम्पुल एक सय ४७ पिस, नुफिन एम्पुल एक सय ४० पिस, डाइजेपाम एम्पुल ११ पिस, ड्रोक्लोराइड इन्जेक्सन दुई सय  पिस,डाइलेक्स डिसी ४५ पिस नियन्त्रणमा लिइसकिएको छ ।

उक्त लागुऔषधसहित ७३ मुद्दा दर्ता भई एक सय एकजना पक्राउ परेका छन् । 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!