धनुषा,जेठ ८ गते । धनुषाको सबैला नगरपालिका वडा ९ स्थित कुशमाहा सतोषर पोखरीमा आज बिहान एक बालिकाको डुबेर मृत्यु भएकी छिन ।
बिदेह नगरपालिका वडा नम्बर ७ का जमुना रायको छोरी अन्दाजी बर्ष १० निक्की कुमारी राय बच्चाहरु संगै नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताएका छन् ।निज बालिका आफ्नै आफन्तको घर कुशमाहा जन्तिमा सामेल हुन केही दिन अघि मात्रै आएकी थिइन।
घटना लगभग बिहान १० : ३० बजेतिरको हो। बच्चाको शव स्थानियहरुले पानीबाट निकालेर तुरुन्तै इलाका प्रहरी सबैलालाई खबर गरेको थियो ।उक्त बालिकाको शवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी सबैलाले बताउको छ ।














Discussion about this post