महोत्तरी,बैशाख १३ गते।महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर ज्यान गएको छ ।सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।प्रारम्भिक अनुसन्धान पश्चात मृतकको शव उनको आफन्तले बुझेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post