जनकपुरधाम,बैशाख १३ गते। जनकपुरमा सोमबार(आज) बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मण्डललाई बाटो काट्ने क्रममा सोमबार बिहान ६ बजे जनकपुरधामबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार गलत साईडबाट बाटो क्रस गर्दा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post