जनकपुरधाम, वैशाख १० गते।जलेश्वर-जनकपुर सडक खण्डमा जलेश्वरबाट जनकपुरतर्फ जादै गरेको ना ८ ख ७२०३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
जनकपुर स्थित जानकी हेल्थकेयरमा महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दिया बस्ने बर्ष २७ का सुजित कुमार झाको उपचारको क्रममा अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान पौने १० बजेको समयमा ज ८ प ९०६५ नम्बरको मोटरसाइकल चलाएर पिपरा तर्फ फर्किरहेको बेला उनलाई जनकपुर तर्फ जादै गरेको ना ८ ख ७२०३ नम्बरको बसले ठक्कर दिएको थियो ।
सोहि बसले बीआर ३२ वाई ५३३१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिँदै घिसार्दै गइरहेको बेला झाको मोटरसाईकल र प्रदेश २–०३–००६ प २३१ नम्बरको स्कुटीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा झासहित चारजना घाइते भएका थिए । स्कुटी चालक जनकपुरधाम उपमहानगरपालिका १ बस्ने बर्ष ३५ की गंगा कुमारी सिहं, भारतीय नम्बर प्लेट मोटरसाइकल चादक भारत मधुबनी बिहार कमलाबाढी महरैया बस्ने बर्ष ३० का गणेश सहनी र उनकै मोटरसाइकलमा सवार बर्ष ३२ का रामनारायण सहनी घाइते भएका छन् ।
मोटरसाइकल चालक सहनीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर पठाइएको छ भने अन्य र्दुइजना घाइतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

















Discussion about this post