nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पानी नपर्दा महोत्तरीका किसान चिन्तामा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २०, २०७७, ६:५७ मध्यान्ह
पानी नपर्दा महोत्तरीका किसान चिन्तामा

महोत्तरी,चैत २० गते। होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।

“खेत बारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, रामतोरई, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानीबेगर सुकिरहेका छन्, पानी पर्दैन, इनार धमाधम सुके अब के गरौँ ?” जिल्लाको भङगाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले दनुवारले विरक्तिँदै भने, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।

यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्य सकिँदासम्म पानी नपर्दा वैशाखी तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ । “नयाँ वर्ष सँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भने, “गत वर्षको वैशाखी र बर्खे तरकारी बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”

जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्बर ठाउँ मानिन्छन् । त्यसैगरी मटिहानी नगरपालिकाका ढेकाहा, वर्दाहा, आवर र बलवा नगरपालिकाका धमौरा, रौजा बस्ती तरकारी उत्पादनमा उर्बर क्षेत्र मानिन्छन् ।

मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले विरक्तिएका हुन् । “बस्ती नजिकै जता हेर्यो, खोलाखोल्सी छन्”, बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँन्छन, “तर खोलाखोल्सी सिंचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्नेमात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भने, “खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो ।” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर)को काम पनि सकिएको महतोको भनाइ छ ।

स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार, चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आफूहरु बिलखबन्दमा परेको किसानको दुखेसो छ । जिल्लामा मौसमी÷बेमौसमी र वर्षभरिका विभिन्न याममा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

महोत्तरी जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करिब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसान बताउँछन् ।

किसानको यो चिन्ताबीच प्रदेश–२ सरकारको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ । यसैगरी जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्माणको काम भइरहेको जनाएका छन् । यसैबीच मटिहानी नगरपालिकाले पनि सिँचाइ सुविधा विस्तारका लागि बोरिङ जडानको काम थालिएको जनाएको छ । रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!