सप्तरी/उमेश कुमार साह,चैत २० गते।सप्तरीको बोदे बर्साईन नगरपालिका विरूद्व आन्दोलनमा उत्रिने नेपाली काङ्ग्रेस नगर कार्यसमितिले बताएकाछन् । नेपाली काङ्ग्रेस नगर सभापति राजेन्द्र प्रसाद मंडलका अनुसार नगरपालिकाले संचालन गरिरहेको विकासिय काममा चरम लापरबाही , खल्तीको मान्छेलाई छानीछानी उपभोक्ता समिति गठन, जथाभावी कोटेसनमा काम दिने गरेको जस्ता आरोप लगगउदैँ यस्ता कार्यको विरोध गर्दै हामी ध्यानाकर्षण पत्र बुझाएकाछाैं यस्ता कार्य अविलम्ब रोक्न मांग गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।

यता क्षेत्रीय सचिव बासुदेव ठाकुर अनुसार नगरपालिका समयमा समाजिक सुरक्षा भता, बाल पोषण भत्ताहरू वितरण नगरेको अपांग परिचपत्र वितरणमा तथा शिक्षक सरूवमा गम्भीर त्रुटि गरेको यस्तापक्षलाई सुधार मांग गरेकाछन् ।
उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सदस्य भागवत यादव, बुथ कमिटी अध्यक्ष बाैएलाल यादव,अनिरूद्व प्रसाद साह,युवा नेता ई. दिपेन्द्र कुमार यादव , पवन मण्डल लगायतको नेपाली काङ्ग्रेस आवद्ध नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियोे ।














Discussion about this post