जनकपुरधाम,चैत १८ गते। धनुषाको जनकपुरधाम–ढल्केवर सडक खण्डको रमदैयामा विङ्गर अनियन्त्रित भएर पल्टिएर भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विङ्गर जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गर्दा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयामा तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टिदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा लब कुमार सिंह, मनिषा कुमारी गुहार, चान्दनी कुमारी र गाडीका चालक सन्तोस कुमार यादव रहेका छन् । घाइते मध्ये चालक यादवको अवस्था गम्भीर रहेको डिएसपी मिश्रले बताए ।





















Discussion about this post