जनकपुरधाम,चैत ७ गते।मिथिला माध्यमिकी परिक्रमाको आज आठौं दिन आज(शनिबार) कञ्चनवन आइपुगेको छ।शुक्रबार महोत्तरीको ध्रुवकुण्डमा बासबसेका परिक्रमा यात्री शनिबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुगेका हुन्।
कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाबासीले भव्य स्वागत गरेका छन्। भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले परिक्रमा सहभागी साधुशन्तलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका छन्।तिर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचालाई सरसफाई गरी चिटिक्क पारिएको छ ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको धार्मिक विश्वास छ। सोही अनुसार यहाँ मिथिला परिक्रमा आइपुगेपछि होली खेल्ने परम्परा छ। यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत होली पर्व सुरुवात हुने गर्दछ।आज परिक्रमा यात्री कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा बाँस बस्छन्। यो परिक्रमाको आठौँ बिश्राम स्थल हो।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट सुरु हुने महाकुम्भ परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।





















Discussion about this post