nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि जलेश्वर नगरपालिकाद्वारा आज बुधबार सार्वजनिक बिदा(सूचना सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७७, १२:०८ मध्यान्ह
मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि जलेश्वर नगरपालिकाद्वारा आज बुधबार सार्वजनिक बिदा(सूचना सहित)

रासस/महोत्तरी/चैत ४ गते। महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।

मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

हजारौँ नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले पुष्टि गर्नुभयो ।

“जलेश्वरमा डोला आउने दिन यहाँका जनजन परिचालित हुन्छन्, डोलाको दर्शन एक अपूर्व धार्मिक अवसर मानिने परम्परा स्थापित छ”,

नगर कार्यपालिकाको निर्णय उद्धृत गर्दै कडरियाले भन्छन्, “नगरमा आउने धार्मिकयात्राका अतिथिलाई सबैले स्वागत गर्न र डोला उत्सवमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदा दिने निर्णय गरिएको हो ।”

जलेश्वरमा आज बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम शुरु भएको छ ।जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको हो ।

सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानीचोकका होटल सञ्चालक धर्म शर्मा बताए ।

अहिले जलेश्वरदेखि मटिहानीसम्म अटुट मानवपङ्क्ति देखिँदोछ । जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी (यात्री बस्ने ठाउँको नाउँ) मा जम्मा हुन्छन् ।

रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लाग्छ ।

डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो ।

गत शनिबार फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो ।

अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको स्थापित मैथिल परम्परा छ ।

फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा सम्पन्न गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न गरेर हिन्दू मैथिलले त्यसको भोलिपल्ट फागु ९होली० पर्व मनाउनेछन् ।    

Tags: मिथिला माध्यमिकी परिक्रमा

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि