जनकपुरधाम,फागुन १९ गते।धनुषामा भएका सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।धनुषाको शहीदनगर नगरपालिका–३ झण्डा चोकमा प्रदेश २–०२ ००३ प ६१७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शहीदनगर नगरपालिका–६ हट्टिपुरका २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post