धनुषा,फागुन ४ गते।धनुषामा एकाबिहानै एक महिलाको शव फेला परेको छ । कमला नगरपालिका २ माचिझिटकैयामा आज बिहान एक महिलाको शव खेतमा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
माचिझिटकैया टोल पस्ने हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा महिलाको शव मृत फेला परेको सोही वडाका वडाध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।
स्थानीय एक युवक शौच गर्नका लागि घर बाहिर गएपछि आज बिहान महिलालाई मृत अवस्थामा देखेको थियो । पछि उनले नै वडाध्यक्षलाई खबर रहेका थिए ।
मृतक महिला सोही स्थानका खुसिया गडेरीको दुई पत्नीमध्ये जेठी पत्नी थिइन् । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।साभार-फरकधार बाट














Discussion about this post