महोत्तरी।बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ बर्सिय बालिका बलात्कार गरी हत्या विरुद्ध बर्दिबासमा भइरहेको प्रदर्शनमा प्रहरीले गोलि चलाएको छ । प्रहरीले चलाएको गोलि लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।
बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की गोलि लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बर्दिबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । यस्तै श्याम कार्कीलाई ४ गोलि लागेको छ भने अफताल आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागि बाहिर रेफर गर्ने तयारी भइरहेको जनाएको छ ।
आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेपछि मंगलबार बिहानैदेखि बर्दिबासमा प्रदर्शन भइरहेको छ ।
मंगलबार दिउँसो बालिकको शव राजमार्गमा राखेर प्रदर्शन गर्न थालेपछि प्रहरीले गोलि चलाएको हो । प्रहरीले केहि सेल अश्रुग्यास र हवाइ फायर समेत गरेका छन् ।
Discussion about this post