nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तराई मधेशका जिल्लाहरूमा जनमत पार्टीको बर्चस्व बढ्दै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७७, १:३६ मध्यान्ह
तराई मधेशका जिल्लाहरूमा जनमत पार्टीको बर्चस्व बढ्दै

उमेश कुमार साह,सप्तरी।सरकारको चरम यातना भोगेर जेलबाट निस्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको लोकप्रियता मधेशमा दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । हुन त त्यसको लागि कुनै तटस्थ प्रमाण मापन गरिएको छैन तर जनसहभागीताको हिसाब र दृश्यले डा. सिके राउतको जनलहरमा भारी बृद्धि भएको हेर्न सकिन्छ ।

स्वतन्त्र मधेशको नारा लिएर उत्रेका बेला डा. राउत प्रतिको क्रेज जति बढेको थियो त्यो पछि मूलधारको राजनीतिमा आए पछि पनि उनको क्रेजमा कमि आएको छैन । डा. राउतलाई व्यक्तिगत हिसाबले तथा मधेशका एक बैज्ञानिक को रुपमा एक नजर हेर्नको लागि पनि आम नागरिकहरु उनको कार्यक्रममा सहभागी हुन तछाड मछाड गरिरहेको देखिएको छ ।

जनतालाई भेंडा सरह व्यवहार गरेका पूर्व मधेशवादी दलले भने विस्तारै मधेशी जनताबाट विश्वास गुमाउँदै गएका छन । कुनै तवरबाट होस तर जनतामाझको त्यो मशाल छापको क्रेज अहिले लाउडस्पीकर छापको पक्षमा निरन्तर शिफ्ट हुंदैछ ।

सड़कमा जनता उतारेर मात्र गन्तव्यमा नपुगिने रहेछ भन्ने कुरा चार पटक भएको मधेसी क्रान्तिको इतिहासले बताउंछ ।
अबको मधेश क्रान्तिको नेतृत्व जनमत पार्टीले गर्ने देखिंदैछ- जसको नाम दिइएको छ “जनस्वराज अर्थात जनताराज ” । यसलाई आत्मनिर्णय सहितको स्वायत्त मधेशको परिकल्पना गरि मधेशको चौतर्फि विकास गर्ने अवधारणा संग जोडेर हेर्ने गरिएको बोदे बर्साईन नगरपालिका जनमत संघको नगर संयोजक आलोक यादवले बताएका छ्न ।
यसलाई लक्ष्यसम्म पुर्‍याउन संगठन निर्माण गर्ने काममा जनमत पार्टी अहोरात्र खटिरहेको छ । काँग्रेस, कम्युनिस्ट, जसपा तीन वटै भन्दा आफु फरक रहेको भनेर जनताको माझ प्रस्तुत भएको छ । प्रदेश नं. २ को सत्तामा रहेको जसपा नेपाल र केन्द्र सत्तामा रहेको एनेकपा को विभिन्न कार्यक्रम भन्दा पनि डा. सिके राउतले आयोजना गर्ने सानो कार्यक्रममा पनि सहभागीता र उपस्थिति भने बाक्लो देखिएको छ ।

हाल जपा को पार्टी सदस्य संख्या एक लाख भन्दा माथि पुगिसकेको छ। आगामी चुनाव अगाडि त्यो पाँच लाख माथि पुग्नेछ भने पार्टीले १० लाख बढ़ी भोट बटुल्नेछ भन्ने अनुमान जनमत पार्टीको छ।

आन्तरिक मतभेदमा फसेको – जसपा, थाकिसकेको गोरुजस्तो – कांग्रेस, नाममात्रको कम्युनिस्ट जो दलाली र भ्रष्टाचारमा लिप्त पार्टीको रुपमा प्रसिद्ध छ । अब ती प्रयोग मिति सकिसकेका पुराना भनाउँदा पार्टी लाई अब जनताले पत्याउन छोडेको सहजै देख्न सकिन्छ । भारतलाई गाली गरेर दुई तिहाई ल्याएको तर सिन्को नभांचेको, उखान टुक्काले देश हांक्न खोज्ने ओली सरकारको एनेकपा को पनि आउंदो चुनावमा मधेशबाट पत्ता साफ हुने आंकलन गर्न थालिएको छ ।

तराईका २०-२२ जिल्लामा वडा र बुथस्तरमा समेत संगठन निर्माण गरेर प्रत्येक निर्वाचन क्षेत्रमा जबरदस्त टक्कर दिने गरी चुनाव लड्ने जनमत पार्टीको लक्ष्य देखिन्छ।

अन्य पार्टीको भोट मात्र काटने सानो गुटगत पार्टीको स्तरबाट निकै माथि पुगिसकेको छ -जनमत पार्टी । अब मधेशमा एक नम्बरको पार्टी बन्ने बाटोमा अग्रसर देखिन्छ -जनमत पार्टी।

हुन त जपा का लागी प्रदेश २ मा साधारण बहुमत कै संभावना रहेको छ। मानौं जनमत पार्टी तराईका २०-२२ जिल्लामा ४०% सम्म पुग्यो भने पनि त्यो केन्द्रमा २०% सम्म पुग्ने स्थिति हुने छ। त्यस अवस्थामा कि त विपक्षमा बस्नु पर्यो कि त गठबंधन बनाउनु पर्यो।

तर त्यस्तो परिस्थिति अहिले जनमत पार्टीले खोजेको परिस्थिति होइन। जनमत पार्टी ले त आमुल परिवर्तन खोजिरहेको छ। जसका लागी प्रदेश नं २ र मधेशका अन्य प्रदेशमा पूर्ण बहुमत का साथ आफ्नो सरकार बनाउने योजना रणनिती का साथ अगाडी बढिरहेको छ । यो लक्ष्य हासिल गर्न पुराना भनिएका संस्थागत पार्टीलाई पूरै स्वीप गरि मधेशको एकमात्र पार्टीको रुपमा आफ्नो बर्चस्व स्थापित गर्ने अभियानमा जनमत पार्टी लागिपरेको छ ।

यसका लागी जपा ले शुरुवाती चरणको आन्दोलन थालि सकेको छ। पहिलो जनपक्षिय मुद्दा भ्रष्टाचार को खिलाफ स्थानीय स्तरमा पार्टीले स्थानिय निकायको भ्रस्टाचारको विरुद्ध भण्डाफोर आन्दोलन गर्दै आइरहेको छ । अर्को जनपक्षिय मुद्दा अन्तर्गत दलित हत्या र दलित विभेद विरुद्ध आवाज उठाउने, बलात्कार जस्ता महिलाहिंसा विरुद्ध आवाज उठाउने, गरिब किसानका लागी आवाज उठाउने कार्य निरन्तर गर्दै आइरहेको छ ।

जनमत पार्टीको ठूलो जनाधार विदेशमा पनि रहेको छ। ई. बसन्त कुशवाहाको नेतृत्वमा रहेको गैर आवासीय मधेशी संघमा २ लाख बढ़ी सदस्य संख्या रहेको छ। कोरोना महामारी पश्चात् ठूलो संख्यामा घर फ़िर्ती भई जनमत पार्टीको संगठन बिस्तारमा वृद्धि हुने देखिन्छ।

त्यसो त मधेश विकासका लागी जसले जनतालाई केन्द्रमा राखेर पार्टीको निती बनाउंछ, उसैले आउने चुनावमा बाजी मार्नेछ । यसका लागी अन्य पार्टीको भन्दा जनमत पार्टीको अवधारणा र घोषणापत्र अहिले देखी नै एक नम्बरमा जनताको नजरमा परिसकेको छ । तराई मधेशका जनतालाई पनि अब जनमत पार्टी माथी आशा र विश्वास लाग्न थालिसकेको छ ।
बांकी, चुनावमा आउने नतिजाले बताइ नै दिनेछ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि