महोत्तरी।महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । भंगहा नगरपालिकाका मेयर संजीव साह समेत कोरोना संक्रमित भएका थिए तर कोरोनाको बेवास्ता गर्दै त्यहीँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।
भंगहाको सितापुरमा शुक्रबार राति देखि डान्स प्रोग्राम सुरु भएको निरन्तर शनिबार राती समेत भएको स्थानीय बताउँछन् ।प्रशासनको नियमको धज्जी उठाउँदै भीडभाडसंगै आरकेस्ट्रा प्रोग्रम आयोजन भएको छ ।
प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् । अचम्म त के भने सशस्त्र प्रहरी वल व्यस क्याम्पको अगाडिमा नै आर के एकस्ट्रा प्रोग्राम भएको छ । त्यही नजिक नेपाल प्रहरी समेत बस्छन् । तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर छ ।
जिल्लामा दशैँ भरि निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन् ।
हेर्नुहोस भिडियो
Discussion about this post