nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देशकै ठूलो सबस्टेशन ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन तयार

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ कार्तिक ६, बिहीबार १७:३३
देशकै ठूलो सबस्टेशन ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन तयार

धनुषा।देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ। कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो।

ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ।

उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा रहेको छ। नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ।

नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनियरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताएका  छन्।

प्राधिकरणका अनुसार सो सबस्टेशनको क्षमता ९४५ एमभीए रहेको छ। आर्थिक वर्ष २०७४-७५ मा बोलपत्र प्रक्रिया सुरू गरी करिब अढाइ वर्षमा सो आयोजना सम्पन्न भएको हो।

प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो। कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको प्राधिकरणले जनाएको छ। सो अवधिमा समेत आयोजनाको काम भइरहेका कारण सम्पन्न हुन सकेको हो।

उच्च क्षमताको हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट करिब तीन महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल गरेर केरुङमा रहेको उपकरण आयोजनास्थल पुर्‍याइएको थियो।

नेपाल–भारतबीचको विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भएको थियो। सोही प्रसारण लाइनका कारण नेपाललाई आवश्यक पर्ने विद्युत् जुनसुकै बेला पनि सहजै रुपमा आयात गर्न सम्भव भएको छ। प्रसारण लाइन ४०० केभी क्षमताको भए पनि सबस्टेशन कम क्षमताको भएकाले गर्दा शुरुआती चरणमा १३२ केभी क्षमतामा मात्रै प्रसारण लाइन चार्ज गरिएको थियो। यस्तै आव २०७५-७६ मा मात्रै २०० केभी क्षमतामा चार्ज गरिएको थियो।

नयाँ सबस्टेशन निर्माण सम्पन्न भएपछि प्रसारण लाइनकै क्षमतामा सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ। सो प्रसारण लाइन तथा सबस्टेशनबाट कूल एक हजार २०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने भएको छ। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार उक्त प्रसारण लाइन र सबस्टेशनको क्षमता एक हजार २०० मेगावाट बराबरको भए पनि तत्कालका लागि ८५० मेगावाट मात्रै आयातनिर्यात हुन सक्छ।

नेपालभित्रको पूर्वपश्चिम प्रसारण लाइन ४०० केभीमा चार्ज भएपछि मात्रै सो लाइनबाट पनि एक हजार २०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ। पूर्वकार्यकारी निर्देशक घिसिङले राष्ट्रिय महत्वको आयोजना निर्माणमा अहोरात्र खटिएका आयोजनाका कर्मचारी, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीलाई समेत धन्यवाद दिँदै तुलनात्मक रुपले काम छिटो सकिएकामा सबै बधाईको पात्र भएको बताएका छन्।

उनले भनेका छन्- मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरै प्रयास गर्दा पनि हाइभोल्टेज टेस्टिङ किट नआएकाले सफल भएन।”

आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निरन्तर पहल गरेका थिए। उनले हरेक दिन नै आयोजनाको प्रगतिका बारेमा चासो राखेर शीघ्र काम सम्पन्न गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएका थिए।

तत्कालका लागि नो लोडमा सबस्टेशन चार्ज गरिएको भए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ। परामर्शदाता कम्पनीको रुपमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले केही दिन पहिले सो आयोजना आफूहरुका लागि समेत महत्वपूर्ण र सिकाइका दृष्टिले पनि बहुआयामिक भएको बताएका थिए। रासस 

Tags: विद्युत

Discussion about this post

Related Posts

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज राजदेवी माता को दर्शन संगै २०८० साल असोज १३ गते शनिबार को राशिफल हेर्नुहोस

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि