काठमाडौ।कोरोना भाइरस (कोभिड—१९) का कारण स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिरबाट सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।
परीक्षा विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
Discussion about this post