जनकपुरधाम।नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी संघ प्रदेश न. २ को अध्यक्षमा Youth Development Society(YDS) का अध्यक्ष रवि कुमार साह मनोनीत हुनुभएको छ ।
कार्यक्रममा नेपाल पिछ्डबर्ग OBC विद्यार्थी संघका केन्द्रिय अध्यक्ष मोहन ठाकुर,प्रमुख अतिथिकमा नेपाल पिछ्डाबर्ग OBC महासंघ को प्रदेश २ को सह- संयोजक उमेश ठाकुर,नेपाल पिछ्डाबर्ग OBC बिध्यार्थी संघ को केन्द्रिय सदस्य सन्नी साह, अतिथिमा नेपाल नाइ ट्रेड युनियनको जनकपुर नगर अध्यक्ष शिवनाथ ठाकुर र संघीय युवा सन्जाल प्रदेश ०२ इन्चार्ज रक्की प्रसाद साह को उपस्थिति रहेको थियो।
त्यस्तै नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी सँगको प्रदेश न. २ को सदस्यमा जितेन्द्र यादब,प्रदिप साह,भवानी साह,अविसेक यादव,सुरक्षित चौधरी र रवि साह मनोनीत भएको छ ।
नेपाल पिछडावर्गको रहेको उदेश्य आदिवासी/जनजाति र दलितको सूचीमा नपरेको पिछडावर्गको आर्थिक, समाजिक,राजनीतिक तथा सान्स्कृतिक पक्षको उत्थान र विकास गर्नु सङ समर्पित रहि कार्य गर्ने प्रतिबद्धता राखियेको छ ।
कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कलवार,यादव, कानु, तेलि आदि समुदायलाई लछित गरि कार्य गर्ने संस्थाको मुख्य उदेश्य हो ।
मनोनीत अध्यक्ष रवि कुमार साह लगायत सम्पुर्ण पधाधिकारिलाई केन्द्रीय अध्यक्ष मोहन ठाकुर द्वारा बधाई दिदै उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम समापन भएको थियो ।
Discussion about this post