काठमाडौं । प्रदेश नं ५ को अवरुद्ध प्रदेश सभाको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका छन् ।सभामुखले दोस्रो पटक बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए ।
सभामा प्रदेश नं ५ राजधानी दाङ भालुवाङ सार्ने र लुम्बिनी नामाकरण गर्ने विषयमा सहमती जुट्न नसक्दा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका हुन् ।
सांसदहरुको नाराबाजीकाबीच पनि राजधानीको नामाकरण र राजधानी तोक्ने विषयमा छलफल सांसदसहरुले आ आफ्ना भनाइहरु राखिरहेका छन् ।
प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको नाम लुम्बिनी र दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव पेश गरेको छ । तर प्रतिपक्षी दल कांग्रेसले एकलौटी तवरले निर्णय गरेको भन्दै राजधानी तोक्ने र नामाकरण गर्ने विषयमा असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।
आज बसेको प्रदेश नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई दाङको विषयमा मतदान गर्न आग्रह ह्वीप जारी गरेको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
हेर्नुहोस भिडियो
Discussion about this post