जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ७४७ जना पुगेको छ ।
आज सबैभन्दा बढी पर्सामा १५,धनुषामा ९,सिरहामा ६,बारामा १९, रौतहटमा ४, सप्तरीमा ३ र अन्य १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ४७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ११ हजार २४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा १ जनाको मृत्युका भएको छ । सप्तरीको तिलाठी कोईलाडी ना.पा. वडा न.- ५ बनरझुल्ला का ६८ वर्षीय पुरुष मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १४, सप्तरीमा १७, रौतहटमा ७, सर्लाहीमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण



Discussion about this post