जनकपुरधाम।धनुषा जिल्लाका राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस वर्षको दशैं पर्वमा धनुषा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली चढाउन नदिने निर्णय गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै २०७७ सालको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरु, शक्तीपीठहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने,प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पुजा गर्ने भन्ने निर्णय भएका सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना
Discussion about this post