जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३६ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ४२९ जना पुगेको छ ।
आज सबैभन्दा बढी बारामा १६ जना, पर्सा र धनुषामा ६-६, रौतहटमा ३, सिरहामा २, सप्तरी, सर्लाही र महोत्तरीमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २२७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ८ हजार ३६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखर टोलका ६५ वर्षीय पुरुष र सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ३ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेका ७२ वर्षीय महिलाको मृत्यु भएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा १४, रौतहटमा ६, सर्लाहीमा ६ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post