जनकपुरधाम।प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ। प्रदेश २को आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेको हो।
प्रदेश निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको हो।
त्यसैगरी बैठकले लोकसेवा आयोगको ओ एण्ड एम पारित गर्नुका साथै लोकसेवा आयोगको सचिवको जिम्मा आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई दिएको छ।
कोरोना महामारीको समयमा प्रदेश दुईमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको छ।
Discussion about this post