जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार १०८ जना पुगेको छ ।
बुधबार सबैभन्दा बढी सप्तरीमा १५ जना, सर्लाहीमा १५ जना, सिरहामा ६ जना र धनुषामा एकजनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पर्सा, रौतहट, बारा र महोत्तरीमा एउटै कोरोना संक्रमित भेटिएन ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ६३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार १८२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सिरहाको औरही गाउँपालिका ३ का ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ।प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २३ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा ११, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post